सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १६:०१ 
  • बागमती, १३ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । 

    बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयभित्रै यही पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

    बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यतर्फ एक महिला र एक खुला गरी दुई सिटका लागि निर्वाचन हुनेछ । सो निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल र प्रदेशसभा सदस्य तथा पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

    निर्वाचन अधिकृतको कार्यालय स्थापन भएपछि पुस १७ गतेदेखि निर्वाचन कार्यतालिका अनुसार अन्य काम अघि बढ्ने उहाँको भनाइ छ । पुस १७ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस १८ गते मतदातामा दाबी विरोध र पुस २३ गते उम्मेदवारी मनोनयन दत्र्ता गरिनेछ । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको प्रमुख ढकालले बताउनुभयो । 

    राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले सक्रिया बढाएको छ । विभिन्न राजनीतिक दलहरुले उम्मेदवार चयनदेखि चुनावी अङ्कगणितमा जुटेका छन् । ‘‘जिल्ला जिल्लाबाट सम्भावित उम्मेदवारको सूची आउने क्रम जारी छ”, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहनुभएका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भन्नुभयो, “जिल्लाबाट आएका सिफारिस अध्ययन गर्ने र पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ ।” उम्मेदवार सम्बन्धमा केन्द्रीय समितिसँगसमेत छलफल पश्चात उम्मेदवारको अन्तिम टुङ्गो लगाइने उहाँको भनाइ छ । 

    एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ । 

    बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन् । त्यो अनुसार कांग्रेसको चार हजार १३ मतभार छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन् । 

    बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन् । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मतभार, हाम्रो नेपाली पार्टीको एक सय छ मतभार र स्वतन्त्रको १९ मतभार छन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.