राष्ट्रिय
काठमाडौँ,२३ कार्तिक। नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । उडिरहेको विमानको ककपिटमै अनुमति नलिई अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएको हो । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको...
प्युठान, २३ कात्तिक । प्युठानमा पूर्णिमाको मेला हेरेर फर्किएको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे...
डोटी, २३ कात्तिक । डोटीमा गए राती भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । डोटीका निमित्त प्रमुख डीएसपी भोलाप्रसाद भट्टका अनुसार...
काठमाडौँ,२२ कार्तिक। कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले...
काठमाडौँ,२२ कार्तिक। आज साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे...
काठमाडौँ, कात्तिक १६। नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ ।उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास गरी ऐतिहासिक तथा पुरातात्विक संरचना र बस्तीलाई संरक्षित गर्न आवश्यक ऐन निर्माणका लागि...
काठमाडौँ, कात्तिक १४। राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।जिल्ला सहन्यायाधिवक्ता...
काठमाडौँ, कात्तिक १४। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ ।गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले...
काठमाडौं, कात्तिक १४। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।‘फाइल तयार पारेका...
काठमाडौं,कात्तिक १३। छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच...











