सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसीसी प्रिमियर कपः नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित


  •    न्युजभित्तो/५ बैशाख २०८०, मंगलवार १६:३३ 
  • काठमाडौं,५ वैशाख। एसीसी प्रिमियर कपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो । दिपेन्द्र सिंह ऐरीले चौका प्रहार गर्दै विजयी रन बटुले । उनी ५ रनमा नटआउट रहे । अलराउण्डर कुशल मल्ल ७० रनमा नटआउट रहे । उनले ५ छक्का प्रहार गरे । भीम सार्की ७१ रनमा आउट भए । जितका लागि ५ रन आवश्यक हुँदा ठूलो सट खेल्ने चक्करमा भीम क्याचआउट हुन पुगे । नेपाललाई जित दिलाउन भीम र कुशलले ११२ रनको उत्कृष्ट साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ३८ रन बनाएर क्याचआउट भए । अर्का ओपनर आशिफ शेख १ रनमै आउट हुन पुगे । कप्तान रोहित पौडेल ४२ रनमा आउट भए ।

    यसअघि किर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । उसका लागि कप्तान अहमद फेजले सर्वाधिक ७६ रन बनाए भने वीरनदीप सिंहले ४६ रन जोडे । यी दुईले मलेसियाका लागि शतकीय साझेदारी गरेका थिए । एक समय ३ सय रन बनाउने अपेक्षा गरिएको मलेसियाका मध्यम क्रमका व्याटरले उत्कृष्ट व्याटिङ गर्न नसकेपछि २३५ रनमै रोकिन पुग्यो ।

    नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिए भने ललित राजवंशीले २ र गुलशन झाले एक विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.