राष्ट्रिय
काठमाडौं,३० पुस। नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको...
धनकुटा,३० पुस । धनकुटा जिल्लाको धनकुटा नगरपालिका-२ नागढुङ्गा स्थित कोशीलोक मार्गमा टिफर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह-चालक दाङ बबई गाऊपालिका...
चितवन,३० पुस । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित...
संखुवासभा,३० पुस । संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । एक स्थानीयका अनुसार सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुरको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस...
दमौली३० पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह...
काठमाडौं,३० पुस । विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशीलले विज्ञप्तिमा भनेको छ, ‘कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत...
काठमाडौं,३० पुस । वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको एक चिकित्सकले जानकारी दिए । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ ।...
काठमाडौं,३० पुस । आज सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा...
काठमाडौँ, ३० पुस । नेपालमा आजदेखि नयाँ सिक्का बजारमा आउँदैछ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउन लागेको हो। साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको...
धादिङ, ३० पुस। धादिङमा हिजो बाटो खन्ने क्रममा पहिरोले पुरिएर बेपत्ता भएका तिन व्यक्तिहरु अझै फेला परेका छैन् । धादिङको रुबी भ्याली गाउँपालिकामा हिजो बाटो खन्ने क्रममा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीको अनुसार हिजो...











