सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार १५:१७ 
  • काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्र्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएकोे हो । प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन ।

    यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

    सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो । यसका अलावा जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधान सञ्चालन गर्न पाइने जनाइएको छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.