सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार १४:२५ 
  • मोरङ, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । कर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको व्यवस्थापन तथा सीमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरी एन्टिजेन परीक्षणको दायरा बढाउनाका साथै आवश्यक हेल्थ डेस्कको व्यवस्था मिलाइएको बताउनु भएको हो ।

    उहाँले विराटनगर रानीस्थित भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।यसैगरी महानगरपालिकाका १९ वटै वडामा खोप केन्द्रमार्फत नियमित खोपको व्यवस्था मिलाउनाका साथै कोभिडविरुद्ध सचेतना फैलाउन माइकिङ, पर्चापम्प्लेट तथा माक्स वितरणलगायत स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो ।

    कोभिड सङ्क्रमणको सङ्ख्या वृद्धिसँगै खोप लगाउन आउनेहरुको चाप बढ्दै गएकाले खोप केन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको उहाँको भनाइ थियो । यसअघि खोप लगाउनेको सङ्ख्या कम भएकाले खोप केन्द्रमा भीडभाड थिएन तर अहिले खोप लगाउनेको चाप एक्कासि वृद्धि हुँदा खोप केन्द्रमा भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागिरहेको जानकारी दिँदै महानगर प्रमुख पराजुलीले नियमित खोपको व्यवस्थासँगै पिसिआर परीक्षण सङ्कलनको कार्यलाई समेत निरन्तरता दिइरहेको बताउनुभयो ।

    प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागि कसले के गर्ने भन्ने विषयमा सबैलाई आ–आफ्नो जिम्मेवारी दिइएकाले काम गर्न सहज भएको उहाँको भनाइ थियो ।कोभिड ओमिक्रोन छिटैै फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्दै महानगर प्रमुख पराजुलीले आगामी दिनमा ओमिक्रोनको असर धेरै बढ्नसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुभयोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.