दुई चरणमा प्रतिनिधिसभाको बैठक बसेर एमसीसी आजै पास हुने
न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १२:०६
काठमाडौँ,१५ फाल्गुन। प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता आजै अनुमोदन हुने भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको हो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति जुटेको जानकारी दिए ।
यद्यपि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका छन् । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।