सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस र एमालेका नेताहरुबीच हुने भनिएको छलफलको तयारी


  •    न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १३:१९ 
  • काठमाडौं, १३ फाल्गुन।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफलको तयारी गरिएको छ । पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किए लगत्तै दुबै दलका नेताहरुबीच छलफल हुने भएको हो ।

    छलफल कुन समयमा बस्छ भन्ने अहिलेसम्म समय तय भईसकेको छैन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहयोग नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् ।

    प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए । एमसिसी संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा कांग्रेस र एमालेबीच हिजो साँझ भएको छलफल सकारात्मक भएको दावी गरिएको छ ।

    संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन् ।

    कांग्रेस र एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत नजिक पुगेको बताइएको छ । यद्यपि कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने बालुवाटार स्रोतले बताएको छ ।

    एमसीसी प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएपछि सभामुख सापकोटामाथि महाअभियोग लगाउने सम्भावना बढेको हो ।

    सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै एमालेले संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.