राजनीति
काठमाडौँ, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो । “आज हरिशयनी एकादशी, तुलसी...
काठमाडौँ, २० असार । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताउनुभएको छ । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० भन्दा ठूलो दरका भारतीय बैंक...
काठमाडौँ, २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयान प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक, २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज भएको प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र...
काठमाडौँ, २० असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना...
काठमाडौँ, १९ असार । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,...
काठमाडौँ, १८ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट)मा रहेको र मुलुकलाई सघन निगरानी सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको बताउनुभएको...
काठमाडौँ, १८ असार । राष्ट्रियसभामाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला र जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारको प्राथमिकतामा राखेको बताउनुभएको छ । बैठकमा ‘विनियोजन विधेयक-२०८२’ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले कर्णाली, माथिल्लो...
पाटन (ललितपुर), १७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको...
काठमाडौँ, १६ असार । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...
चितवन, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक भएर लागेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । चितवनको नारायणगढमा आज कांग्रेसका स्वर्गिय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका...













