सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो


  •    न्युजभित्तो/१२ कार्तिक २०८३, बुधबार ०९:५७ 
  • चितवन, ११ कात्तिक । जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन वढ्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो । उहाँका अनुसार गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो । अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धान जोनमा उत्पादन बढेको छ । क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ ।”

    जिल्लामा धान जोनका रूपमा पूर्वी चितवनका तीनवटा पालिकालाई लिइँदै आइएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई धान जोनका रूपमा राखिएको छ । जहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार, सावित्रीलगायतका धानका जातका बीउ लगाइएको छ ।

    धान जोनअन्तर्गत जिल्लाको खैरहनी नगरपालिका–५ देखि ७ र ९ देखि १३, राप्ती नगरपालिकाको वडा नं १ देखि ४ र ६ एवं रत्ननगर नगरपालिकाको वडा नं ३ देखि ९ सम्मको धानखेती हुने क्षेत्रफललाई राखिएको छ । जोनमा कृषि समूह, फार्महरू सहभागी भएका छन् । जिल्लाको उत्पादनको तथ्याङ्क आउन बाँकी रहेको छ । समग्र जिल्लाको उत्पादनको विषयमा अहिले क्रपकटिङ भइरहेको कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.