सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित


  •    न्युजभित्तो/११ कार्तिक २०८३, मंगलवार १७:१२ 
  • काठमाडौँ, १० कात्तिक । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।

    आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । विराटनगरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९।३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो ।

    उसका लागि प्रारम्भिक ब्याटर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए । लोकेश बम २६, शुभम रञ्जने १०, बसिर अहमद १३, एन्जेलो म्याथ्युज १४ रनमा आउट भए ।

    चितवन राइनोजका लागि बलिङतर्फ कमल सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २६ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, रिजन ढकालले २ तथा टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान १र१ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले ।

    उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् । यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असाङ्काले समान १÷१ विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.