सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसको प्रकोपका कारण विश्वकप छनोटका खेल स्थगित


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार १६:१७ 
  • काठमाडौँ । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित गरिएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

    बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित गरिएको जनाएको छ । फिफाको निर्णयसँगै बिहीबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

    फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेयसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो ।

    छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अङ्क मात्र जोडेको छ । चाइनिज ताइपेयलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्क जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको चाइननिज ताइपेय अन्तिम स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.