सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहर : राखेपमा आपतकालीन बैठक, सबै खेलकुद कार्यक्रम स्थगित


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार ०८:५१ 
  • काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

    राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताउनुभयो । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ । मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.