सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिफेण्डिङ च्याम्पियन एपिएफलाई हराउँदै पुलिसले जित्यो उपाधि


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार २२:४९ 
  • नेपालगञ्ज । छैठौँ प्रधानमन्त्री कप अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधि जितेसँगै पुलिसले रु दुई लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

    यो जितसँगै नेपाल पुलिसले पिएम कपमा दुई संस्करणको उपाधि हात पारेको छ भने उपाधिमा ह्याट्रिक गर्ने एपिएफको सपना पूरा हुन सकेन । फाइनलमा पुलिसले २५–१६, २५–१७ र २५–१७ को सोझो सेटमा एपिएफलाई स्तब्ध पारेको हो । उपबिजेता बनेको एपिएफले १ लाखमा चित्त बुझाउनु परेको छ ।

    आज नै भएको अर्को खेलमा न्यू डायमण्डलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले तेस्रो स्थान हात पारेको छ । आर्मीले २५–२१, २५–२० र २५–२० को सेटमा न्यू डायमण्डलाई पराजित गर्दै तेस्रो हुँदा ५० हजार प्राप्त गरेको छ । विजयी टिम र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा पाँच घरेलु टिम सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.