सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १६:१६ 
  • काठमाडौँ, १९ जेठ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

    बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला ९कास्की०लाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ ।

    सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम ९युएनइपी०बाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ । बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लमजुङका गन्तव्य प्रवर्द्धन गरिँदै
    पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
    सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय
    • बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
    • नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
    • अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
    • मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.