अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा, मोदी र ट्रम्पले गरे एकअर्काको प्रशंसा
न्युजभित्तो/१२ फाल्गुन २०७६, सोमबार २०:४५
अहमदाबाद (भारत) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ ।
राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका थिए । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्छ । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा जानु भएको थियो ।
ट्रम्प र मोदीद्वारा ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्वोधन
भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजै सम्बोधन गर्नुभएको छ । अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गर्नुभएको हो । गुजरातमा उहाँको भव्य सार्वजनिक स्वागत गरिएको छ । विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गर्नुभएको थियो । दुई नेताबीच पटक पटक अङ्कमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो । महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिनुभएको थियो ।
राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ । ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प र उहाँकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गर्नुभएको थियो । उहाँले ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पुर्याएको बताउनुभएको थियो ।
ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गर्नुभएको थियो । “सामान्य परिवारमा जन्मिएर भारतको कार्यकारी बन्नु भारतीय प्रधानमन्त्री मोदीको सफलता हो,” अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मोदीको नेतृत्वमा भारतले मलाई दर्शाएको आतिथ्यता मैलै कहिल्यै भुल्ने छैन ।”
भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाई ट्रम्पको थियो । “हामीले इन्डो प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं ।”
उक्त अवसरमा अमेरिकी राष्ट्रपतिले आतङ्कवादसँग लड्न अमेरिकाले भारतलगायतका एशियाली मुलुकसँग विशेष सहकार्य गरिरहेको प्रसङ्ग जोड्दै अमेरिकाले आतङ्कवादलाई परास्त गर्न पाकिस्तानसँग पनि राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो ।
यसै प्रसङ्गमा राष्ट्रपति ट्रम्पले संसारबाट स्लामिक स्टेटजस्ता आतङ्कवादी सञ्जाललाई परास्त गर्न विश्व समुदाय एक हदसम्म सफल बनेको र आगामी चुनौतीको पनि एकतावद्ध भएर सामना गर्ने बताउनुभयो । सम्वोधनलगत्तै उहाँले भारतको प्रसिद्ध ऐतिहासिक स्थल ताजमहलको अवलोकन भ्रमण गर्नुभएको थियो । एजेन्सीको सहयोगमा