सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा आंशिक युद्धबिराम शुरु, स्वागतमा अफगानीहरुको नाचगान

"एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिएका छन् "

  •    न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार १७:०० 
  • काबुल । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिकहरू बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् ।

    अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ, र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ ।

    अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धबिरामको नतिजाका आधारमा स्थायी युद्धबिराम गर्न दुबै पक्ष सहमत भएका छन् । उक्त सम्झौता बमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करिब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजाने छ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजूद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

    काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबीब उल्लाहले निकै आत्मविश्वासका साथ भन्नुभयो, “बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलो पटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहने छ ।”

    यो साप्ताहिक युद्धबिराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसक्नु भएको छ । तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो । तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एक हप्ते युद्धबिराम भएको छ ।

    लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसंघले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो ।

    तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरु रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे । वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकको रुपमा देखिएको काबुलमा भने मानिसहरु केही सजग देखिएका थिए ।

    “अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौं,” सरकारी कामदार फजुल रहमानले भन्नुभयो । “जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्ति वार्ता हुनु पर्दछ ।”

    काबुलका एक जना पसले इमामुद्दीनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताउनुभयो । “एक हप्ताको युद्धबिराम त आँखा झिमिक्क पार्दै सकिन्छ,” उहाँले भन्नुभयो । “उनीहरूले यस देशको समस्याको लागि दिगो समाधान खोज्नु पर्दछ ।”

    खतरनाक क्षण

    हिंसामा कटौतीको विषय भने अद्यापी प्रतिक्षाको विषय छ । अमेरिकाले अफगानिस्तानमा जारी “हिंसामा उल्लेखनीय र राष्ट्रव्यापी कटौती”का लागि “समझदारी” भएको बताएको छ भने अफगान सुरक्षाफौज पूरै साताभर “सक्रिय आत्मसक्षाको स्थितिमा” मात्र रहने छ ।

    “तालिबानले हिंसामा अर्थपूर्ण कटौतीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्नु पर्दछ,” अमेरिकी रक्षामन्त्री मार्क एस्परले ट्वीट गर्दै भन्नुभएको छ । “तालिवानले शान्तिको बाटोलाई अस्वीकार गरेको खण्डमा हामी आफैं र अफगान साथीहरुको मद्दत गर्न तयार हुनेछौं ।”

    कन्धाहारमा एकजना तालिबान विद्रोहीले आफूलाई हतियार थाँती राख्ने आदेश आएको एएफपीलाई बताए । तर अर्का लडाकूले आफूलाई केबल ठूला शहरहरु र राजमार्गहरूमा आक्रमण रोक्न आदेश दिइएको जानकारी दिए ।

    कुनै पनि युद्धविराम चुनौती र खतराबाट भरिपूर्ण हुन्छ । विश्लेषकहरूका भनाईमा अफगानिस्तानको रक्तपात रोक्न निकै जटिलताहरु रहेका छन् र कुनै पनि समय त्यो भङ्ग हुन सक्दछ ।

    सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एक पटक मात्र युद्धमा विश्राम आएको छ । तालिबान र काबुलबीच सन् २०१८ मा मुस्लिमहरुको महान चाड ईदको अवसरमा तीन दिन युद्धविराम भएको थियो ।

    त्यसबखत अफगानीहरुले तालिबानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अङ्गालो हालेर, आइसक्रीम बाँडेर र सेल्फी खिच्दै खुशी साटासाट गरेका थिए । अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिवानसँग वार्ता गरिरहेको छ । उक्त वार्ता मुख्य रुपमा अफगानिस्तानमा तैनाथ १२ हजार देखि १४ हजार अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्नेमा केन्द्रित छ ।

    त्यसको बदलामा तालिबानले सुरक्षा प्रत्याभूति गर्नु पर्नेछ र अफगान सरकारसँग शान्ति वार्तामा सहभागी हुनेछ । बिहीबार उक्त समूहका उपनेता सिराजुद्दीन हक्कानीले न्यूयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.