सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जर्मनीका दुईवटा बारमा गोली हानी नौ जनाको हत्या


  •    न्युजभित्तो/८ फाल्गुन २०७६, बिहीबार १८:०० 
  • हनाउ (जर्मनी) । जर्मनीको हनाउस्थित दुईवटा शिशा बारमा गए राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई आज बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ ।

    फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको हनाउ शहरका “मिडनाइड” र “एरेना” नाम गरेका दुई वटा बारमा गोली प्रहार गरिएको थियो । उक्त गोलीकाण्डको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो ।

    हेस राज्यका प्रहरी प्रमुखले शंकास्पद व्यक्तिको शव उनको घरबाट बरामद गरिएको जानकारी दिनुभयो । उहाँले घटनामा अरु व्यक्ति संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।

    गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ ।

    जर्मन–टर्किस इस्लामिक संगठन (डिटिब) ले जर्मनीमा रहेका करिब नौ सय मस्जिद र मुस्लिम समुदायको सुरक्षाका लागि आह्वान गरेको छ । डिटिबले पछिल्ला वर्षहरुमा मुस्लिम समुदायले जर्मनीमा असुरक्षा महशुस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.