सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१३ बैशाख २०८३, आईतवार १६:२९ 
  • काठमाडौँ, १३ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ ।

    साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । नेपालमा समस्याको व्याख्या गर्ने र भाषण गर्नेको कमी नभए पनि व्यवहारमा परिवर्तन ल्याउनेको अभाव रहेको उहाँको भनाइ थियो । 

    “हामी व्याख्या धेरै गर्छौँ, तर बदल्ने कुरामा ध्यान दिँदैनौँ, अब व्याख्या मात्र होइन, ठोस काम गरेर देखाउनुपर्ने बेला आएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । बजेट निर्माण हुनुभन्दा अगाडि नै अर्थमन्त्रीसँग बसेर व्यवसायीका समस्याबारे गम्भीर छलफल गर्ने उहाँले उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, प्रशासनिक झन्झट, नीतिगत अस्पष्टता र बजारमा बिचौलियाको दबदबाका कारण व्यवसायी मारमा परेका अध्यक्ष दाहालले बताउनुभयो ।

    अध्यक्ष दाहालले सङ्घीय संसद् र विशेष गरी राष्ट्रियसभाले व्यवसायीको हकहितका लागि आवश्यक कानुन निर्माण र संशोधनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर प्रणालीलाई सरल र व्यवसायीमैत्री बनाउन, युवा उद्यमीलाई प्रोत्साहन गर्न र बजारमा पारदर्शिता कायम गर्न राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले उद्योगी, व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सरकार व्यवसायी र उपभोक्ता सबैको भएकाले समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । सांसद शाक्यले निजी क्षेत्रको राय, सुझाव र सल्लाहलाई ग्रहण गरेर सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

    महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले व्यवसायीको समस्यालाई सरकारले नसुनेको गुनासो गर्नुभयो । उहाँले रास्वपाको नेतृत्वमा भर्खरै निर्माण भएको सरकारले उद्योगी व्यवसायीका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटाले विश्व अर्थतन्त्रको असर नेपालको अर्थतन्त्रमा परेको बताउनुभयो । उपभोक्ता संरक्षण ऐनले व्यवसायीलाई समस्यामा पारेको भन्दै उहाँले तत्काल समाधान गर्दै लैजानुपर्ने बताउनुभयो ।

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र सरकासँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले करका दर समायोजन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    विसं २०७४ मा २१ वटा सङ्घ मिलेर बनेको उक्त महासङ्घमा हाल १० हजार व्यवसायी आबद्ध हुनुहुन्छ । महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले कर प्रणालीलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो । बढ्दो भन्सार दरले उद्योगी व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले व्यवसायीको गोदाममा मौज्दात सामान र आयतको क्रममा रहेको सामानका कारण तत्काल अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्न नसकिने बताउनुभयो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.