सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १४:५१ 
  • काठमाडौँ, ११ वैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।

    फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उहाँको धारणा छ । आज बालुवाटरस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्तिमात्रै नभई ज्ञान, अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताउनुभयो । यही सन्दर्भमा गैरआवासीय नेपाली सङ्घको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उहाँको धारणा छ । “सङ्घले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काममात्र गरेको छैन, नेपाली अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने सेतुको काम पनि गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

    साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप क्षमतालाई स्वदेशमै उपयोग गर्न सङ्घले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गर्नुभयो । उहाँका अनुसार राष्ट्र निर्माणमा सरकारसँगै अरु सबैको साझा दायित्व हो । जसमा राज्य, समाज, नागरिक, बुद्धिजीवी, युवापुस्ता र प्रवासी नेपाली समुदायको भूमिका महत्त्वपूर्ण हुने उहाँले सुनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.