सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना


  •    न्युजभित्तो/११ बैशाख २०८३, शुक्रबार १२:५६ 
  • काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताउनुभएको छ ।

    लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

    सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नभई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    उहाँले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.