चीनमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघ्यो
न्युजभित्तो/७ फाल्गुन २०७६, बुधबार १९:१८
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले आज जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब सय व्यक्तिको मृत्यु हुने गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनााएका थिए । तर मङ्गलबार भने एकै दिनमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको छ ।
मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ४ जना पुग्नुको साथै ७४ हजार एक सय ८५ व्यक्ति सङ्क्रमित भएका छन् । चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले दिएको जानकारीअनुसार यस रोगको शुरुवाती घटनाको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताउनुभएको छ । महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने पनि बताउनु भएको छ।
वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा दुई हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यस सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । एजेन्सीको सहयोगमा