सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो


  •    न्युजभित्तो/४ बैशाख २०८३, शुक्रबार १२:०६ 
  • म्याग्दी, ४ वैशाख । मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक स्तरोन्नति गरेर पक्की बनाउन थालिएको छ ।

    बेनी नगरपालिकाले बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत विसं २०६५ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउने योजना सञ्चालन गरेको हो । बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गर्न लागिएको बताउनुभयो ।

    चालु आर्थिक वर्षका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको थियो ।

    सडक फराकिलो पार्ने र पर्खाल निर्माण गरिरहेको निर्माण कम्पनीले पुलाचौर क्षेत्रमा ढलान सकेर कालोपत्रका लागि ग्राभेल गरेर तयारी थालेको छ । हालसम्म यसमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।

    आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको हुँदा यो योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले बताउनुभयो । पाँच सय दुई मिटर दूरीमा नाली र १७४ दशमलव ७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उहाँले बताउनुभयो ।

    यो सडकको निर्माण सम्पन्न भएपछि स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्नेछ । बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो ।

    बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सञ्चालित सडक स्तरोन्नति आयोजना सञ्चालन भएको हो । तीन आवमा क्रमागत योजनाको रुपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

    सडक पक्की भएपछि धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीको भनाइ छ । सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको यो सडकमा यात्रा गर्न असहज हँुदै आएको थियो ।

    बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकमा बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट– एकपाटे– अवेचौर हँुदै पुरुण्डीसम्म छ किलोमिटर ढलान र कालोपत्र गरेर पक्की बनेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.