सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो


  •    न्युजभित्तो/३ बैशाख २०८३, बिहीबार १२:५१ 
  • वीरगञ्ज (पर्सा), ३ वैशाख । बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स ९बाँध० क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ । 

    जामुनी ब्यारेजमा हेडवक्र्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन् ।

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिनुभयोे । ‘‘जामुनी ब्यारेजको हेडवक्र्सलगायत संरचना धेरै पहिला नै तयार भइसकेको थियो’’, उहाँले भन्नुुभयो, ‘‘हेडवक्र्समा गेटलगायत संरचना नहुँदा सिँचाइको नहरले पूर्णता पाएको थिएन् । केही समय अघि बोलपत्र प्रक्रिया अघि बढेसँगै अब सिँचाइले पूर्णता पाउने आशा जगाएको छ ।’’

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जामुनीमा हेडवक्र्समा अटोमेसन गेटलगायत संरचना निर्माणका लागि विसं २०८२ असार २० गते  निर्माण कम्पनीसँग रु १२  करोड १२ लाख तीन हजार ८१७ लागतमा ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माण विसं २०८४ साउन २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ । 

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले अहिलेसम्म अटोमेसन गेटलगायत संरचना निर्माणको काम ३० प्रतिशत भएको जानकारी दिनुभयो । ‘‘हेडवक्र्सको गेटलगायतका संरचनाको निर्माणको काम भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘ठेक्का सम्झौताअनुसार नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’’ जामुनी सिँचाइबाट बाराको पूर्वी र रौतहटको गरेर करिब साढे नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने बताइन्छ । सो नदीबाट ७५० क्यूसेक पानी वितरण गर्न सकिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.