सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीपमा ‘हुट’: हटाउँदै ट्राफिक प्रहरी


  •    न्युजभित्तो/३ बैशाख २०८३, बिहीबार ११:१६ 
  • त्रिवेणी (नवलपरासी), ३ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा हटाउन थालेका हौँ”, उहाँले भन्नुभयो ।

    पहाडी क्षेत्रका अधिकांश सडक एकतर्फी र कच्ची रहेको अवस्थामा सवारीको छतमा समेत यात्रु राखेर हिँडाउने प्रवृत्ति जोखिमपूर्ण भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । अभियानअन्तर्गत पछिल्लो दुई सातामा करिब तीन दर्जन यात्रुवाहक जीपबाट हुट हटाइएको छ । दलदले, चोरमारा र अरुणखोला क्षेत्रबाट पहाडी क्षेत्रमा चल्ने जीपहरूले छतमा यात्रु बोक्ने गरेको पाइएको छ । केही यातायात व्यवसायीहरूले पनि ट्राफिक प्रहरीको अभियानलाई साथ दिँदै स्वेच्छाले हुट हटाउन थालेका छन् ।

    क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको माथिल्लो भागमा अतिरिक्त सिट राख्ने तथा ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । विशेषगरी दुर्गम तथा पहाडी सडकमा यस्ता गतिविधिले दुर्घटनाको जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।

    ट्राफिक प्रहरीको सक्रियतामा जीपहरूको हुट हटाउने काम भइरहेको र पुनः हुट राखेमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रमुख बर्तौलाले बताउनुभयो । बढी यात्रु बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक प्रणालीमा समस्या आउने तथा दुर्घटनाको सम्भावना बढ्ने भएकाले अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

    विगतमा पहाडी क्षेत्रमा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको सन्दर्भमा समेत हुट हटाउने तथा अत्यधिक यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    साथै, सवारी चालक र यात्रुले पनि जोखिमपूर्ण यात्रा नगर्न सचेत हुनुपर्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक जीपहरूको निगरानीका लागि कुमसोतसहित पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरूमा निगरानी बढाइएको ट्राफिक प्रमुख बर्तौलाले बताउनुभयो ।

    ट्राफिक प्रहरीको निगरानी, अभियान र नियम उल्लङ्घन हुँदा गरिने कारबाही चालक तथा यात्रुको सुरक्षाकै लागि भएकाले यसमा सहयोग गर्न सबै सरोकारवालाई कार्यालय प्रमुख बर्तौलाले अनुरोध गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.