सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार


  •    न्युजभित्तो/२ बैशाख २०८३, बुधबार ११:४७ 
  • कास्की, २ वैशाख । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ ।

    पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।

    पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद्् तथा जोखिम न्यूनीकरण केन्द्रू स्थापना गरिएको हो । केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । पोखरासमेत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो ।

    प्रहरी तथा डिआरआरसी एकै स्थानमा रहेकाले महागनरमा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा विपद् सामग्रीको भण्डारण गर्न सहयोग पुग्ने महागनर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा प्रविधि जडान गरी जोखिमयुक्त क्षेत्रहरूको निगरानी, सूचना सङ्कलन र विश्लेषण गरिने छ ।

    पोखरा महानगर विपद्का हिसाबले जोखिम क्षेत्र रहेको छ । यहाँका तालतलैया, गुफा, सेती नदीलगायत नदीहरूमा बर्सेनि प्राकृतिक विपद्का घटना हुने गरेका छन् । महानगर प्रमुख आचार्यले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न महानगरले योजनाबद्ध हिसाबले काम गरेको बताउनुभयो ।

    “विपद्जन्य घटनामा प्रभावकारी उद्धार र परिचालनका लागि केन्द्रले एकै ठाउँबाट काम गर्नेछ । विपद् उद्धारका लागि आवश्यक दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ”, आचार्यले भन्नुभयो ।

    महानगरका अनुसार ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेर स्थानीय समुदायलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा विपद् जोखिमका हिसाबले संवेदनशील रहेको बताउनुभयो । यहाँका खोँच, नदी, तालहरूका कारण जोखिम बढी रहेकाले सञ्चालनमा ल्याइएको विपद् जोखिम न्यूनीकरण केन्द्रले अप्ठ्यारो र सङ्कटको अवस्थामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.