सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार


  •    न्युजभित्तो/३० चैत्र २०८२, सोमबार १६:२३ 
  • गलकोट (बागलुङ), ३० चैत । यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक ।

    लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरेका हुन् । उनीहरूले खानाका परिकार पस्केर पाहुनालाई स्वागत गर्ने गरेका छन् । गत मङ्सिरदेखि सुरू गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।

    पाँच महिनामा १२० पर्यटक घरबासमा बस्न आइसकेका छन् । लोकमार्गछेउमा परम्परागत चिटिक्क परेका घरले जोकोहीलाई लोभ्याउने गरेको छ । सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना राख्ने क्षमता रहेको जानकारी दिनुभयो । घरबास स्थापनाका लागि बिवाइसी बागलुङअन्तर्गत दिगो पर्यटन प्रवर्द्धन परियोजनाले सहयोग गरेको छ ।

    “समूहका विभिन्न महिलाहरूको सहभागितमा सामूहिक भोजन, स्वागत तथा कलासंस्कृति प्रदर्शन गरिन्छ”, बुढामगरले भन्नुभयो, “ढुङ्गाले छाएका पुराना घरमा स्थानीय खानाका परिकारसँगै आतिथ्यता हाम्रो प्रमुख आकर्षण हो ।”

    घरबासमा मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामलको भात, लोकल कुखुरा, खसी, भेडाको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ ।

    घरबासमा एकरात खान बस्न प्रति व्यक्ति एक हजार २०० मात्रै शुल्क तोकिएको छ । यस गाउँको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा आउनुभएका पर्यटक मुक्तिराम सापकोटाले बताउनुभयो । “घरबास सञ्चालकहरूको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर स्थानीय परिकार खान पाइयो”, सापकोटाले भन्नुभयो, “घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचारप्रसार आवश्यक छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.