सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि


  •    न्युजभित्तो/२९ चैत्र २०८२, आईतवार १२:०६ 
  • कर्णाली, २९ चैत । ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो ।

    कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला ९नायक०हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।”

    पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताउनुभयो । उहाँका अनुसार उत्सवको सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ ।

    आयोजक समितिको सचिवालयको सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिनुभयो । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उहाँको भनाइ छ ।

    उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८-३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.