सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठिनीमा स्याउ चिस्यान गृह निर्माण


  •    न्युजभित्तो/२७ चैत्र २०८२, शुक्रबार ११:३३ 
  • मुस्ताङ, २७ चैत । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ।

    सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१÷८२ का लागि प्राप्त विशेष अनुदानबाट रु ५९ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले जानकारी दिनुभयो । ठिनी गाउँमा १० मेट्रिक टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएका हुन् । 

    घरपझोङ गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार ठिनी गाउँमा उत्पादित स्याउ सङ्कलन गरी चिस्यान गृहमा राख्न सहकारीमार्फत प्रस्ताव पेस गरी काम सम्पन्न गरिएको हो । स्थानीय किसानले उत्पादन गरेको स्याउ सङ्कलन गरी चिस्यान गृहमा राखिनेछ ।

    मुस्ताङको स्याउ बजारीकरणमा खासै समस्या नभए पनि यहाँ आउने पर्यटकलाई बेमौसममा समेत स्याउको स्वाद चखाउन तथा चिस्यान गृहमा राखिएको ताजा स्याउलाई कोसेलीका रूपमा बिक्री गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । फल्ने समय बाहेकमा पनि स्याउ ताजा र महँगो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष थकालीले बताउनुभयो ।

    यसअघि सिजनमा स्थानीय तथा बाहिरी व्यापारीले स्याउ खरिद गरी सिधै बजार पु¥याउने गर्दा सिजनबाहेक अन्य समयमा पर्यटकले स्याउको स्वाद चाख्न पाउँदैनथे । अब चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँमा उत्पादित स्याउ बेमौसममा पनि उपलब्ध हुने उहाँको भनाइ छ । चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । साथै, घरपझोङ गाउँपालिकाले स्याउ सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.