सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव


  •    न्युजभित्तो/२५ चैत्र २०८२, बुधबार १७:०४ 
  • काठमाडौँ, २५ चैत । चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने तथा फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहकार्यको प्रस्ताव गरेको छ ।

    हाल अमेरिका भ्रमणमा रहनुभएका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सो क्रममा दुवै पालिकाबीच दिगो सम्बन्ध विस्तार गर्दै जाने सहमति गरिएको प्रमुख रेग्मीले राससलाई जानकारी दिनुभयो । सो क्रममा प्रमुख रेग्मीले फेयरफ्याक्स सिटीको टेक्नोलोजी र उच्चतम विकासका ढाँचाबारेमा जानकारी लिँदै अनुभव आदानप्रदान गरिएको पनि बताउनुभयो ।

    प्रमुख रेग्मीले भन्नुभयो, “कालिका नगरपालिकामा कार्यान्वयन हँुदै गरेको घर नम्बरको जिपिएस प्रणालीका साथै फोहर व्यवस्थापन, स्वास्थ, शिक्षा, पुर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु, सो सम्बन्धमा  सकारात्मक जवाफ प्राप्त भएको छ, निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु ।”

    साथै आगामी दिनहरूमा दुवै पालिका बीच सहकार्य गर्दै दिगो सम्बन्ध विस्तार गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो । सो क्रममा मेयर क्याथरीनले उपयुक्त समय मिलाएर आफू टिमसँगै नेपाल आउने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमको सहजीकरण प्राडा रामहरि सुवेदीले गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.