सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी


  •    न्युजभित्तो/२५ चैत्र २०८२, बुधबार १४:५५ 
  • दोधारा चाँदनी (कञ्चनपुर), २५ चैत । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ ।

    दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो ।

    प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ ।

    आव २०७७÷७८ मा पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरिबी २४.६ प्रतिशत रहेकामा त्यो बढेर ३४.१६ पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले राससलाई बताउनुभयो । अछाममा सबैभन्दा बढी गरिबी ४९.५८ प्रतिशत छ ।

    रोजगारी सृजना र सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, कृषि र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, सामाजिक सुरक्षा र लक्षित कार्यक्रम र सुशासन र प्रभावकारी कार्यान्वयनलाई दोस्रो योजनाले जोड दिएको उहाँले बताउनुभयो ।

    “यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारण, रोजगारी सृजना तथा आयस्तरमा सुधार गर्नु दोस्रो पञ्चवर्षीय योजनाको उद्देश्य छ”, विज्ञ सदस्य लामिछानेले भन्नुभयो, भन्नुभयो, “गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य छ ।”

    प्रदेश सरकारले जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, संवर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई योजनामा समेटेको छ । कृषि, पशुपालन, साना उद्योग र पर्यटनको विकासबाट स्थानीयको आयस्तर सुधार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.