सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुक्लाफाँटामा विद्यालय सुधार अभियान


  •    न्युजभित्तो/२५ चैत्र २०८२, बुधबार ११:३५ 
  • कञ्चनपुर, २५ चैत । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ ।

    नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको हुँदा सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।

    विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्नेजस्ता गतिविधि नगर्न सचेत गराइएको छ । शाखा प्रमुख भट्टका अनुसार संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेका छौँ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको शुल्क विवरण पेस नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको छ । निर्धारित समयभित्र पेस नगरे नियमअनुसार कारबाही हुनेछ ।

    उहाँका अनुसार शैक्षिकसत्र सुरु हुनुअगावै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको छ । भट्टले भन्नुभयो, “शैक्षिकसत्र सुरु हुनुअगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई भनेका छौँ, निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।”

    “विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो आएपछि सवारी मर्मत, नयाँ साधन व्यवस्थापन र सीट क्षमताअनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र नै पठाएर भनेका छौँ”, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले भन्नुभयो । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयप्रति कडा कानुनी कारबाही हुने उहाँले बताउनुभयो ।

    वडा नं १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थीले घरमै उच्च शिक्षाको अवसर पाउने भएका छन् । नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

    नगरपालिकाले यस अभियानमार्फत विद्यालय व्यवस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ । शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागितालाई सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ । नगरपालिकामा सामुदायिक २८ र संस्थागत २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.