सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार ११:५७ 
  • दोधारा चाँदनी(कञ्चनपुर), २४ चैत । कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लोको हो ।

    पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ । “हामीले सूचना आह्वान गरेका छौँ । आएका निवेदनका आधारमा किसान छनोट गरेर बीउ उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “उनन्त धानको बीउबाट उत्पाकत्वमा वृद्धि हुने अपेक्षा छ ।” उहाँले किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

    कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि धानको बीउ उत्पादनका लागि किसानलाई पचास प्रतिशत अनुदान दिन लागेको छ । केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको हो । कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ । पछिल्लो समय व्यवसायिक रूपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाबाट अनुदान उपलब्ध हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.