सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किम्बु बिरुवाको माग बढ्दो


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार ११:५३ 
  • नारायणगढ (चितवन), २४ चैत । रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।

    चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ । ती बिरुवा किसानलाई प्रतिविरुवा रु पाँचका दरले बिक्री गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उहाँले बताउनुभयो । पछिल्लो समय रेशम किरापालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ । ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “होटल तथा रिसोर्टहरूबाट यसको माग बढेको छ, किनभने यो बिरुवा छिटो हुर्कन्छ । फल लाग्ने समयमा चराचुरुङ्गी आकर्षित हुने भएकाले रेष्टुराँ परिसरमा रोप्दा राम्रो छहारीका साथै आउने पाहुनाहरूले चराहरू अवलोकन गर्न सक्ने वातावरण सिर्जना हुन्छ । यसै कारण किम्बु रोप्ने प्रचलन बढ्दै गएको छ ।”

    किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् । उहाँका अनुसार किम्बु फलले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ । “स्वास्थ्यका हिसाबले किम्बु अत्यन्त राम्रो फल हो”, उहाँले भन्नुभयो । उहाँले नेपालमा पाइने बेरी प्रजातिमध्ये किम्बु पनि एक रहेको बताउनुभयो । उहाँले किसानहरूले यसलाई पशुका लागि घाँसको रूपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो । विशेषगरी अन्य घाँस अभाव हुने समयमा यसको महत्व अझ बढ्ने गरेको छ । हाल फार्मबाट कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिँदै आएको छ । यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने प्रमुख त्रिपाठीले बताउनुयो ।

    हिउँदको समयमा बिरुवा कटिङ सुरु गरी रोपाइँ गरिन्छ र जेठ महिनादेखि वितरण गरिने गरिएको छ । वर्षायाममा सार्न उपयुक्त हुने भए पनि पानीको स्रोत उपलब्ध भए अन्य समयमा पनि किम्बु रोप्न सकिने उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.