सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार ११:३७ 
  • टीकापुर, २४ चैत । कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ ।

    नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई विषालु र अविषालु सर्प पहिचान गर्ने, सर्पको टोकाइबाट बच्ने उपाय, डसी हालेमा मानिस र सर्प उद्धार कसरी गर्ने भन्नेबारे तालिम दिन थालेको हो ।

    टीकापुर नगरपालिका–१ ले चाुल वर्षमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको थियो । वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।

    “यहाँ सर्पदंशको जोखिम धेरै छ, मानिसले सर्प देख्ने बित्तिकै मार्ने चलन छ”, वडाध्यक्ष मोहन लुहार विकले भन्नुभयो, “सर्प चिनेमा समयमै उपचारमा सहयोग हुन्छ । अनि सर्प पनि वातावरणका लागि महत्वपूर्ण हुन्छन् भन्ने ज्ञान दिन तालिम दिएका हौँ ।”

    टीकापुर नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम छ । यहाँ सर्पले डसेको मानिस आत्तिने र कतिपय अविषालु सर्प पनि हुने भएकाले सर्प उद्धार गर्ने जनशक्ति नभएकाले उद्धारकर्ता तयार गर्न थालिएको हो । हरेक नागरिकलाई सर्पको डसाइबाट जोगिन सचेतना फैलाउने र सर्प चिन्न सहज होस् भनी प्रधानाध्यापक, टोल विकास संस्थालगायतलाई तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिनुभयो । “हामीले युवालाई सर्प उद्धारकर्ता तालिम दिनका लागि सूचना आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले एकजना मात्र उद्धारकर्ता हुनुहुन्छ । उहाँ एक्लैलाई घरभित्र सर्प पसेमा उद्धार गर्न टाढासम्म जान कठिन र भ्याइनभ्याइ हुन्छ ।”

    यहाँस्थित टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा छ । अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार अस्पतालतमा चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

    नगरपालिकाले २० जनालाई तालिम दिएपछि दुर्घटना बिमा गरेर, हरेक वडालाई पायक पर्ने गरी उद्धारमा स्वयमसेवकका रुपमा परिचालन गर्ने वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.