सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुईवर्षसम्म सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम


  •    न्युजभित्तो/२३ चैत्र २०८२, सोमबार ११:५६ 
  • पर्वत, २३ चैत । यहाँको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ ।

    जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुल निर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०÷८१ असारमा सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिले २५ प्रतिशतमात्र प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    विसं २०८२ असारमा सम्पन्न हुने पुल निर्माणले गति लिन नसकेको हो । एक वर्षदेखि पुलको कुनै पनि काम भएको छैन । पुलका दुवैतर्फका पिल्लर निर्माण थालिएको भए पनि कामै नगरी निर्माण व्यवसायीले अलपत्र पारेको स्थानीय शिव अधिकारीले जानकारी दिनुभयो ।

    पुल निर्माणको सम्झौता मिति सकिएपछि छ महिनाका लागि म्याद थप भएको थियो । उक्त मितिसमेत सकिँदा पुलको भौतिक प्रगति २५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । बीस मिटर लामो उक्त पुल रु दुई करोड ५० लाख २८ हजार ६६७ मा सम्झौता भएर निर्माण थालिएको हो । तर पुलले गति लिन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् ।

    स्थानीयवासी नजिकिँदै गएको वर्षायाममा पनि जाखिम मोलेरै वारपार गर्नुपर्ने बाध्यताले चिन्तित बनेका छन् । उनीहरूले पुल निर्माणले गति नलिँदा पुलको जग खनेर अव्यवस्थित रूपमा छाडेकाले आसपासको बस्तीसमेत बाढी र पहिरोको जोखिममा परेको बताएका छन् । स्थानीयवासी शिव अधिकारीले पुल निर्माणको काम ढिलाइ हुँदा नजिकै रहेको बस्तीका बासिन्दा समस्यामा परेका बताउनुभयो ।

    पुल नबन्दा सिमखेत–सिसाठाँटी–थापाठाना सडक वर्षायाममा ठप्प हुने गरेको छ । हिउँदमा जोखिम मोलेर खोलाबाटै सवारीसाधन सञ्चालन हुँदै आए पनि वर्षायाममा चार महिना सडक नै ठप्प हुने गरेको स्थानीयको गुनासो छ ।

    जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यलय पुगेर गुनासो राखेको भए पनि सुनुवाइ नभएको अधिकारीले बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको सेट स्क्वायर जेभी राजविराजले भने गत वर्षभन्दा चालु वर्षमा निर्माण समाग्रीको मूल्यवृद्धि भएका कारण आफूले समयमा काम गर्न नसकेको बताएको छ ।

    कम्पनीका प्रमुख राकेशकुमार शाहले सम्झौता भएको वर्षमा भन्दा चालु आवमा निर्माण सामग्रीको धेरै मूल्यवृद्धि भइसकेको जनाउँदै पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई छिटो काम सिध्याउन आग्रह गरेको छ । एकपटक म्याद थपिएको र अब पनि धमाधम निर्माण नगरेमा म्याद नथप्नुका साथै सम्झौता तोडेर धरौटी जफत गरिने कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.