सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन


  •    न्युजभित्तो/२३ चैत्र २०८२, सोमबार ११:५२ 
  • बाजुरा, २३ चैत । जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

    बुढीनन्दा –२ मा रहेको कोल्टी बजारमा किसानले उत्पादन गरेको तरकारी र फलफूल बिक्रीका लाग राख्न र बेमौसममा पनि बिक्रीवितरण गर्नेगरी शीतभण्डारसहितको कृषि उपज केन्द्र सञ्चालनमा आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार साहले जानकारी दिनुभयो ।

    उहाँले किसानले उत्पादन गरेका साग, आलु, काउलीलगायत तरकारीखेतीको बिक्री गर्न प्रत्येक होटल तथा पसलमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सहजताका लागि उक्त सङ्कलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

    यसका लागि नगरपालिका र जिआइजेडको आर्थिक साझेदारीमा निर्माण गरिएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका र जिआजेडको ६८ लाख ९१ हजार ८८० रुपैयाँ ५४ पैसाको संयुक्त लगानी उक्त उपज केन्द्र निर्माण गरिएको हो ।

    कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताउनुभयो ।

    शीतभण्डार गृहमा भण्डराण गरिएका तरकारी तथा फलफूललाई अन्य समयमा पनि बिक्री वितरण गर्न पाइने नगरप्रमुख बोहराको भनाइ छ । कृषि उपज केन्द्र तथा शीतभण्डारगृह सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले शुभारम्भ गर्नुभएको हो ।

    उच्च हिमाली क्षेत्रमा भेडाबाख्रापालनका लागि सरोकारवाला निकायसँग उत्तरी भेगका चार पालिकामा छलफलका लागि उहाँ कोल्टी पुग्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.