सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’


  •    न्युजभित्तो/२० चैत्र २०८२, शुक्रबार १५:५० 
  • सिरहा, २० चैत । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल देवीदहको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि विष्णु महायज्ञ आयोजना गरिएको छ । लहान नगरपालिकाको वडा नं १७ स्थित पर्यटकीय क्षेत्रमा चैत १९ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना हुने छ । 

    महायज्ञ आयोजक महात्मा शिवलाल दास र चुलहाइ दासका अनुसार विगत तीन वर्षदेखि यहाँ निरन्तर महायज्ञ आयोजना गरिँदै आएको छ । यसले मानव कल्याणका साथै स्थानीयवासीमा धार्मिक सद्भाव बढाउन र आपसी वैमनस्यता घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

    करिब नौ बिघा क्षेत्रफलमा फैलिएको दहको प्रचारप्रसारका लागि पनि महायज्ञ आयोजना गरिएको जनाइएको छ । १० वर्षअघि प्रथम राष्ट्रपति डा रामवरण यादवले यस क्षेत्रको अवलोकन गरी संरक्षणमा चासो देखाएपछि नै यहाँ आन्तरिक पर्यटककीय गतिविधि बढिरहेका छन् । 

    देवीदह वन उपभोक्ता समूह तथा संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले उचित बजेट र संरक्षणको अभावमा दहको अवस्था दयनीय बन्दै गएको छ । उहाँले भन्नुभयो, “यो दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ, तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । पर्यटकलाई जलयात्राका लागि ल्याइएका चारवटा डुङ्गाहरू बिग्रिएर प्रयोगविहीन छन्, कतिपय संरचना अधुरै छन् । मधेस प्रदेशसभा सदस्य ललिता दासले पहलमा यहाँ उपलब्ध गराइएको रु २५ लाखबाट हाल केही काम भने भइरहेका छन् ।”

    लहान, १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले यसअघि ठूला योजना निर्माणका लागि प्रयास गरिए पनि कार्यान्वयन नभएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा रु छ करोड ९३ लाखभन्दा बढीको लागतमा ठेक्का लागे पनि नगरपालिकाले बेहोर्नुपर्ने रु एक करोड ८० लाखको दायित्व नलिँदा कार्यान्वयन भएन । त्यसबेला पर्यटन बोर्डसँग सम्झौता भएको रु पाँच करोड २२ लाखको योजना कार्यान्वयन नहुँदा पछि नयाँ पूर्वाधार बनाउन नसकिएको र पुराना संरचनासमेत जीर्ण भएका वडाध्यक्ष चौधरीले गुनासो गर्नुभयो । 

    उहाँले यस सिमसार तथा धार्मिक क्षेत्रको महत्त्वलाई उजागर गर्न र ओझेलमा परेको पर्यटनलाई पुनः चलायमान बनाउन महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.