सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै


  •    न्युजभित्तो/२० चैत्र २०८२, शुक्रबार १५:४४ 
  • ललितपुर, २० चैत । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ ।

    ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन्”, उहाँले भन्नुभयो । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।

    वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

    महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.