सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १५:४७ 
  • चौतारा (सिन्धुपाल्चोक), १९ चैत । सुख्खायाम सुरु भएसँगै हावाहुरी चल्ने भएकाले जिल्लाका सामुदायिक तथा निजी वनमा हुनसक्ने डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण रेखा निर्माण गर्न थालिएको छ ।

    जिल्लामा हुनसक्ने सम्भावित वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माणसहित अन्य प्रभावकारी उपाय अपनाइने जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । वन डढेलोको जोखिमलाई नियन्त्रण गर्न सामुदायिक तथा निजी वनमा अग्नि नियन्त्रण रेखा निर्माणलगायत अन्य उपाय अपनाउन थालिएको कार्यालयका अधिकृत रमेश दुलालले जानकारी दिनुभयो ।

    यसतबेला वनलाई डढेलोबाट जोगाउन जिल्लाका विभिन्न सामुदयिक वन उपभोक्ता समूहका सदस्यहरू अग्निरेखा बनाउन व्यस्त छन् । अन्य ठाउँमा पनि बस्ती नजिकका निजी तथा सामुदायिक वन र जोखिम क्षेत्रमा रहेका ज्वलनशील पदार्थ, घाँसदाउरा, पातपतिङ्गर हटाउने काम भइरहेको छ । 

    पाँच सय ३० सामुदायिक वन रहेका सिन्धुपाल्चोकका विभिन्न वनमा अहिले अग्निरेखा छन् भने कतिपय स्थानमा थप्न थालिएको वन अधिकृत दुलालले जानकारी दिनुभयो । विगतमा अग्निरेखा निर्माणले धेरै ठाउँका वनलाई डढेलो हुनबाट जोगाएका उहाँको भनाइ छ ।

    अहिले चौतारा, मेलम्ची, नवलपुर, जलवीरे, डाँडापाखारलगायत छ ठाउँका सवडिभिजन कार्यालयले जोखिममा रहेका वन छनोट गरी रु एक लाखका दरले बजेट विनियोजन गरेका छन् । यसमा २० प्रतिशत सामुदायिक वनको लागत सहभागिता रहने वन अधिकृत दुलालले बताउनुभयो । अग्निरेखा निर्माण र समुदायको सहभागिताले वन संरक्षणमा सकारात्मक परिणाम ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    “डिभिजन वन कार्यालय र सामुदायिक वनहरूको सहकार्यमा वन जोगाउन तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले निर्माण गरिएका अग्नि नियन्त्रण रेखाले वनको एक ठाउँमा लागेको आगो अर्कोतिर फैलिन नदिने र फैलिहाले पनि ठूलो क्षति हुनबाट जोगाउँछ । सिन्धुपाल्चोकको करिब एक सय वनमा अग्निरेखा बनाइएको छ”, वन अधिकृत दुलालले भन्नुभयो ।

    यहाँका स्थानीय स्थानीय घाँसदाउरा र काठका लागि सामुदायिक वनमा निर्भर रहनुपर्ने भएकाले वनको सुरक्षा आवश्यक छ । अहिले प्रत्येक सामुदायिक वनमा करिब एक हजार २०० मिटर लम्बाइ र पाँच मिटर चौडाइमा अग्नि रेखा निर्माण भइरहेका वन अधिकृत दुलालले जानकारी दिनुभयो ।

    अग्निरेखा निर्माणले वनसँगै वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण हुनुका साथै अग्नि नियन्त्रणमा खटिनेले रोजगारी पनि पाएका सामुदायिक उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष सारदाप्रसाद सापकोटाले बताउनुभयो । फागुनदेखि जेठसम्म हावाहुरी लाग्ने, रूखबिरुवामा पुराना पात झरी नयाँ पालुवा पलाउने मौसम भएकाले जङ्गलमा आगलागी तथा डढेलोका घटना बढ्नेसक्ने भन्दै पूर्वतयारी थालिएको उहाँको भनाइ छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.