सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १५:४५ 
  • नेपालगन्ज १९ चैत । बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ‘ग्रेडिङ’मा व्यस्त हुनुहुन्छ । गत वर्षमात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिनुभयो । 

    बीस वर्षदेखि कृषिमा संलग्न उहाँले अनुमानित आठ सय क्विन्टल बीउ उत्पादन गरेर स्थानीय सरकारले जिल्लामा निर्माण गरेका ‘कोल्ड स्टोर’मा संरक्षण गरेको बताउनुहुन्छ । “आलुको बीउ ग्रेडिङ जारी रहेको छ, एक सातादेखि भइरहेको यो काम शुक्रबार सकिने छ”, मौर्यले भन्नुभयो ।

    उन्नत प्रकारको ‘कार्डिनल’ जातको सो आलुको बीउ विगतका वर्षमा थोरै मात्रामा उत्पादन हुने गरेको उल्लेख गर्दै उहाँले यस वर्ष धेरै जमिनमा लगाइएको कारण पनि उत्पादन बढेको बताउनुभयो । त्यसका लागि यस वर्ष करिब रु पाँच लाख लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा ‘कोल्ड स्टोर’बाट ल्याएर रु ३५ देखि रु ५५ सम्म प्रतिकेजीमा बिक्री हुने गरेको उल्लेख गर्नुभयो । यसबाट करिब रु १२ लाख बराबरको कारोबार हुने विश्वास व्यक्त गर्नुभयो । 

    कात्तिक मसान्त वा मङ्सिर महिनामा लगाएको आलुको बीउ उत्पादन गर्न ९० देखि १२० दिनसम्म लाग्ने गरेको किसानको अनुभव छ । कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकेजी रु चार शुल्क तिर्नुपर्छ । कोल्ड स्टोर डुडुवाबाहेक कोहलपुरमा पनि रहेको छ । 

    कृषि ज्ञान केन्द्र, नेपालगन्जले प्रदान गरेको आलुको उन्नत जातको पीबीउस दानाबाट आफूले आलुको बीउको उत्पादन गरेको मौर्यले बताउनुभयो । कृषि ज्ञान केन्द्र, बाँके, नेपालगन्जका प्रमुख विनोद घिमिरेले आलुको पीबीउस दानालाई दोस्रो र तेस्रो पुस्ताका रूपमा लैजान सकिने उल्लेख गर्दै आलु बीउको क्षेत्र विस्तारमा जोड दिइएको बताउनुभयो । 

    ज्ञान केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले आलुको बीउ उत्पादनका लागि किसानले अनिवार्य तालिम पनि लिनुपर्ने अवस्था आएको बताउनुभयो।  अन्यथा आलुको बीउ उत्पादन गर्न किसानलाई कठिनाई हुने उहाँको भनाइ छ । 

    अधिकृत पाठकले सिन्धुपाल्चोकबाट ल्याइएको पीबीउस दानाबाट बाँकेमा आलु बीउ उत्पादन राम्रो भएको जानकारी दिनुभयो । किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.