सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदी कटान रोक्न जैविक तटबन्ध


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १५:४० 
  • दोधारा चाँदनी (कञ्चनपुर), १९ चैत । कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिनुभयो । हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । 

    “हरेक वर्ष यहाँ करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् । खेतीयोग्य जग्गा कटान हुँदै आएको छ । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो”, वडाध्यक्ष रानाले भन्नुभयो । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताउनुभयो । उहाँले बाढी प्रभावित वडा नं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी दिनुभयो । 

    नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो ।  सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडूले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७०० मिटर, लालझाडी गाउँपालिकामा ६०० र कैलालीको भजनी नगरपालिकामा ७००  मिटर जैविक तटबन्ध निर्माण गरिएको छे । पुनर्वासमा रु २९ लाख १३ हजार, लालझाडीमा रु ४४ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निमार्ण गर्ने थालिएको हो । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ ।” 

    परियोजना संयोजक बडूले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्त्वपूर्ण टेवा पुगाउने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.