सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मङ्गलबार


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार ११:०४ 
  • झापा, १९ चैत । कोशी प्रदेश र भारतको पश्चिम बङ्गाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

    विर्तामोड सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा प्रदर्शनी कक्ष राखिने जिल्ला पर्यटन कार्यालयले जनाएको छ । ती कक्षबाट स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन ‘प्याकेज’ तथा सेवाबारे विस्तृत रूपमा जानकारी दिइने छ । आगन्तुकले परिकार चाख्न पनि पाउने छन् ।

    उत्सव सञ्चालन गर्न पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन भएको छ ।

    उत्सवका माध्यमबाट नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ सुदृढ तुल्याउन र सुस्ताएको पर्यटन उद्योगलाई गतिशील बनाउन सघाउ पुग्ने विश्वास संयोजक श्रेष्ठको छ ।

    उत्सवमा विविध सांस्कृतिक कार्यक्रम, फोटो तथा चित्रकला प्रदर्शनीका साथै र दुई देशबीच सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल–बङ्गाल पर्यटन सर्किट’बारे विचारविमर्श हुने भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.