सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १४:३७ 
  • सिरहा, १८ चैत । लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट छ किलोमिटर उत्तर चुरेको फेदमा अवस्थित यो सिमसार क्षेत्र चराहरूको स्वर्ग मानिन्छ । पछिल्लो समय यहाँ चराको चोरीसिकार बढ्नुका साथै मिचाहा प्रजातिका झार बढ्नु, संरक्षण नहुनुलगायत कारणले बासस्थान साँघुरिँदै गएको देवीदह वन उपभोक्ता समूह तथा संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चराको सिकार र बासस्थानको विनास अहिलेको मुख्य चुनौती हो । बजेट अभावले गर्दा हामीले पोखरीको संरक्षण गर्न सकेका छैनौँ । बनेका भौतिक संरचना पनि मर्मत गर्न सकिएको छैन ।” यसअघि चराविद् ल्याएर अध्ययन गराउने पहल गरिरहेको जनाउँदै उहाँले त्यसपश्चात् पनि उल्लेख्य प्रगति हुन नसकेको बताउनुभयो ।

    यस तालमा साइबेरियाबाट करिब १३-१४ हजार किलोमिटरको लामो यात्रा तय गरेर आएका आगन्तुक चरा र स्थानीय सिली तथा पानीहाँस प्रजातिका जलपन्छीको चहलपहल बढेको समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो । बासस्थानको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर बढ्ने उहाँको भनाइ छ ।

    चराहरूलाई निर्वाध रूपमा आउनेजाने र रमाउने वातावरण मिलाउन समुदायस्तरमा सचेतना बढाउनुपर्ने स्थानीय पूर्वप्रधानाध्यापक नेपाली साहले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले लहानको मानिक दहसहितका विभिन्न तालतलैयामा चराको प्रभावकारी र उल्लेख्य बासस्थान थियो, तर ती क्रमशः मासिँदै गएका छन् । अहिले चराको आश्रयस्थल देवीदहमा मात्र सीमित भएको छ ।”

    पूर्वप्रधानाध्यापक साहले चराको संरक्षणका लागि स्थानीय तहले भ्यूटावर निर्माण गरिदिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यदि मानिसले सुरक्षित रूपमा नजिकबाट चरा हेर्ने वातावरण पाए भने उनीहरूमा चराप्रतिको स्नेह र अपनत्व बढ्छ, जसले अन्ततः संरक्षण अभियानमा ठूलो मद्दत पुर्याउनेछ ।”

    धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस दहको संरक्षणका लागि आएका ठूला आयोजना कागजमा सीमित भएका लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले देवीदह ओझेलमा परेको हो ।  

    वडाध्यक्ष चौधरीले भन्नुभयो, “नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो । त्यसपछि पोखरीको संरक्षणका लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन गरिएको थियो । विसं २०७७ मा नेपाल पर्यटन बोर्डसँग पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि रु पाँच करोड २२ लाखको महत्वाकाङ्क्षी योजना सम्झौता भएको थियो । तर, यी योजना कार्यान्वयन हुनसकेका छैनन् । सोही कारणले नयाँ पूर्वाधार बन्नुको साटो भएका पुराना संरचनासमेत अहिले जीर्ण र अधुरै अवस्थामा छन् ।”

    चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरणका लागि रु २५ लाख विनियोजन भएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो । दहको धार्मिक गरिमालाई जोगाउन र प्रचारप्रसार गर्न लागिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देवीदहको धार्मिक महत्वलाई उजागर गर्न हामीले यही चैत १९ गतेदेखि विष्णु महायज्ञको तयारी गरेका छौँ । यसले देवीदहको प्रचारप्रसार र संरक्षणमा ठोस सहयोग पुग्ने विश्वास लिएका छौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.