सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १४:२७ 
  • किमाथाङ्का (सङ्खुवासभा), १८ चैत । सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । 

    आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका९२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ । यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले गरिरहेको छ । छ महिनादेखि तलब नपाएको भन्दै आजदेखि काम ठप्प पारिएको मजदुरहरू बताउँछन् ।

    निर्माण कम्पनीले समयमा तलब भुक्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले आयोजनाको विद्युत्गृहका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन सुरु गरेका जानकारी पाएको बताउनुभयो । यसअघि पनि मजदुरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । 

    नौ सय मेगावाटको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत्गृह पुखुवा क्षेत्रमा कार्यरत तीन हजारभन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च रु एक खर्ब २० अर्ब अनुमान गरिएको छ । 

    प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । उक्त आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्कमा छुट प्राप्त गर्ने विकास सम्झौतासम्बन्धी पत्रमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.