सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ लाख ठगीको अभियोगमा दुई जना पक्राउ


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १४:२३ 
  • काठमाडौँ, १८ चैत । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रु नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई थुनामा रहँदाका बखत निज हरिबहादुर थापामगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम दिनुपर्छ भनी आश्वासन दिई धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर (अनिता थापामगर)को खातामा रु नौ लाख जम्मा गर्न लगाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।”

    निजहरु दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.