सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अन्तरराष्ट्रिय सम्मेलनका लागि प्रदेश, स्थानीय सरकारसँग छलफल’


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १२:४४ 
  • काँक्रेविहार (सुर्खेत), १८ चैत । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी वैशाख ११ देखि १३ गतेसम्म आयोजना हुन लागेको अन्तरराष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यका लागि छलफल गरिएको छ ।

    अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक एवं अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीको नेतृत्वमा गएको विश्वविद्यालय टोलीले कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकालसँग मन्त्रालय तथा नगरपालिका कार्यालयमै पुगेर छुट्टाछुट्टै छलफल गरेको हो ।

    छलफलमा विश्वविद्यालयका तर्फबाट संयोजक डा ज्ञवालीसहित सदस्यसचिव डा विष्णुकुमार खड्का, सदस्यद्वय डा लक्ष्मीप्रसाद आचार्य र डा पुष्पराज आचार्य तथा सम्मेलन व्यवस्थापन समितिका सल्लाहकार प्रा डा पूर्णमान श्रेष्ठको पनि उपस्थिति थियो ।

    बैठकमा सम्मेलनलाई प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सहकार्यका विविध पक्षमा केन्द्रित रही गहन छलफल गरिएको थियो । संयोजक डा ज्ञवालीले सम्मेलनको गरिमा, विश्वविद्यालयमात्र नभई यस क्षेत्रको समग्र सामाजिक, आर्थिक तथा पर्यटकीय विकासमा पार्ने सकारात्मक प्रभाव र अन्तरराष्ट्रिय समुदायमा जाने सन्देशबारे प्रकाश पार्दै दुवै तहका सरकारसँग सहकार्यका लागि विशेष अपिल गर्नुभयो ।

    विश्वविद्यालय टोलीले प्रस्तुत गरेको सहकार्य प्रस्तावप्रति मन्त्री शाह र नगरप्रमुख ढकालले सकारात्मक प्रतिक्रिया जनाउँदै यसअघि पनि सहकार्य हुँदै आएको उल्लेख गर्दै यस शैक्षिक मेलामा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच विश्वविद्यालय टोलीले सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश प्रतिनिधि बालमुकुन्द महतसँग भेट गरी सम्मेलनका लागि सहकार्यको प्रस्ताव पेस गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.