सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १२:४० 
  • म्याग्दी, १८ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ ।  ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् । पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मिजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिनुभयो । “हिमश्रृङखला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृष्यावलोकन गर्न सकिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,” उहँले भन्नुभयो “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवरद्धनको काम थालिएको दर्मिजा भ्यू पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ ।”

    दर्मिीजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ बाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङखलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । 

    समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाईमा पहाडको टाकुरामा अवस्थित दर्मीजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ वरपर घना जंगल छ । बसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयबासी शिव पाइजाले अनुभव सुनाउनुभयो । म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामिण वस्तिहरु अवलोकन गर्न पाइने यो ठाउँ बस्ति देखि टाढा र एकान्तमा अवस्थित छ । 

    सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदुषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरुका लागि दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ उपयुक्त गन्तब्य बन्न सक्छ । यहाँ स्थानीयबासीहरुले बैशाख महिनामा नांगेदेवीको पुजा गर्दछन् । नांगेदेवीको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ । 

    नांगेथान नजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गर्नुभएको छ । सोही स्थानका हिराबहादुर पुनका सहयोगमा खानेपानी ब्यवस्था गरिएको छ । हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ । 

    रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ । जागा झरना हुदै दर्मिजा भ्यू पोइन्ट जान सकिन्छ । पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२÷०८३ मा  तीन लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । दर्मिजा गाउँमा घरवासको सुविधा छ । दर्मिजाको फेदिमा प्राकृतिक तातोपानीको कुण्ड रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.