सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइसिसी विश्वकप क्रिकेट लिग दुई : नेपालसँगको आजको खेलमा ओमान विजयी


  •    न्युजभित्तो/२२ माघ २०७६, बुधबार १६:३७ 
  • काठमाडौँ । विश्वकपको सिँढीको रूपमा रहेको त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलको नतिजा नेपालले ओमानलाई सुम्पेको छ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपालसँगको खेल ओमानले १८ रनले जितेको हो ।

    एक सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा एक सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि शरद भेषवाकरले ५५, दिपेन्द्रसिंह ऐरीले ३६, सन्दिप लामिछानेले २८, विनोद भण्डारीले २६ रन बनाउनु बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

    नेपालले चौथो ओभरको पाँचौ बलमा कप्तान ज्ञानेन्द्र मल्ल, पाँचौँ ओभरको तेस्रो बलमा पूर्वकप्तान पारस खड्का, २१औँ ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी, २४औँ ओभरको पहिलो बलमा आरिफ शेख र २३औँ ओभरकै दोस्रो बलमा रोहितकुमार पौडेललाई गुमाएको थियो । मल्ल १ रन, खड्का ३ रन, ऐरी ३६ रन, शेख ६ रन बनाउँदा आउट भए । पहिलो बलमै आउट भएका रोहितले कुनै रन जोड्न सकेनन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन बनायो । ओमानले ५७ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ६० रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काए । गौड ३३ रनमा आउट भए ।

    तर नदिम अन्तिमसम्म टिके र अर्धशतकसँगै ओमानलाई मध्यम स्कोरमा पुर्याए । । उनी ६९ बलमा अविजित रहे । ९६ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

    नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.