सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा


  •    न्युजभित्तो/१७ चैत्र २०८२, मंगलवार १२:३१ 
  • सिद्धार्थनगर (भैरहवा), १७ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर नियन्त्रणमा लिएको छ ।

    कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ कलुवास्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार भइरहेको अवस्थामा भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटर नियन्त्रणमा लिएको हो । ती सवारीलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिका कार्यालय पठाइएको र सो क्रममा रु तीन लाख २० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

    जिल्लामा चोरी, तस्करी नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन गर्नेविरुद्ध प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

    प्रहरीले अवैध गतिविधिमा संलग्न लाई कानुनी दायरामा ल्याइने बताएको छ । प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    • आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.